अष्ट्रेलियाविरुद्ध नेपालको लज्जास्पद हार

दियो पोस्ट  

काठमाडौं,असोज २३ । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ ।

बिहीबार जिओ स्टेडियम क्यानवेरनमा भएको खेलमा अष्ट्रेलियाले जेमी म्याकलारेनको ह्याट्रिकको मदतमा नेपाललाई ५–० गोल अन्तरले हराएको थियो । उसले सुरुवाति २३ मिनेटभित्र तीन गोल गरेको थियो । छैटौं मिनेटमा खाता खोलेका म्याकलारेनले १९ औैं मिनेटमा घरेलु टोलीले अग्रता दोब्बर बनायो ।

एकपक्षीय खेलको २३ औं मिनेटमा ह्यारी सुटरले गोल गरे । त्यसपछि भने नेपालको प्रदर्शन केही सुधारियो । दोस्रो हाफको ५९ औं मिनेटमा सुटरले गोल गरे । निर्धारित समयको अन्तिम मिनेटमा म्याकलारेनले ह्याट्रिक पुरा गर्दै अष्ट्रेलियालाई ५–० को जित दिलाए । नेपालका गोलकिपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरे ।