स्वास्थ्य राज्यमन्त्री सहभागि कार्यक्रममा ग्याँस सिलिन्डर पड्किदा ४ जना घाईते

दियो पोस्ट  

जनकपुरधाम, असोज २५ । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी शुभकामना आदान प्रदान कार्यक्रममा ग्याँस सिलिन्डर पड्किएको छ । सहभागी अतिथिका लागि खानेकुरा पकाउन खटिएका चार जना घाइते भएका छन् ।

महोत्तरीको गौशाला नगरपालिकामा समाजवादी पार्टीले दशैं, तिहार र छठ पर्वको अवसर पारेर गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ग्याँस पड्किएको हो ।
गौशाला नगरपालिका ८ का ओम प्रकाश यादव, कौशल यादव, सन्तोष पासवान र रिकेश यादव घाईते भएका हुन।

उनीहरुको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि अहिले स्वास्थ्य राज्यमन्त्री डा. यादवको जनकपुरस्थित निजी अस्पताल जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।