नेप्सेमा सामान्य सुधार

Diyo post  

काठमाडौं । दशैं बिदापछि शेयर बजारमा आज सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज मंगलबार ५.०८ अंकले बढेर ११४२.०४ बिन्दूमा पुगेको छ ।

मंगलबार कुल १५१ वटा कम्पनीको ७ लाख ६५ हजारभन्दा बढी कित्ता शेयर २२ करोड २४ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ । कारोबार रकम भने कम नै हो ।यस दिन कारोबारमा आएका सबै समूहमा बढेका छन् । तर, उत्पादन र व्यापार समूह भने स्थिर रहेका छन् । यस दिन सिद्धार्थ बैंकको कारोबार उच्च भएको छ । यस कम्पनीको ४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

त्यस्तै मंगलबार आरएमडीसी लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ६ प्रतिशतले बढेको छ । त्यस्तै सिटी एकसप्रेस फाइनान्सका लगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य पनि करिब ६ प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर