राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान, शीतलनिवासबाट हेलिकप्टर चढेर एयरपोर्टसम्म

दियो पोस्ट  

काठमाडौँ, असोज २९ । राष्ट्रपति विद्यादेवि भण्डारी बुधबार म्यानमार प्रस्थान गरकी छिन् । भण्डारी म्यानमारका राष्ट्रपति विन मिन्तको निमन्त्रणमा असोज २९ देखि कात्तिक ३ गतेसम्म राजकिय भ्रमणका लागि प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले शीतलनिवासबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म पुग्नका लागि हेलिकप्टरको प्रयोग गरेकी छिन् । कार्यलय समयमा भीभीआइपी सवारीका कारण सर्वसाधरणलाई सास्ती हुने भन्दै भण्डारी हेलिकप्टरबाट त्रिभुवन विमानस्थलसम्म पुगेकी हुन् ।

भ्रमणमा राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयबाट सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल बुधबार बिहान नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्मारको राजधानी नेपित पुग्नेछ ।