दुर्गेश थापाको यूट्युब च्यानलबाट ‘ह्याप्पी तिहार’ गीत हटाइयो

दुर्गेश थापाको यूट्युब च्यानलबाट  ‘ह्याप्पी तिहार’ गीत हटाइयो

काठमाडौँ, कात्तिक ५ । गायक दुर्गेश थापाले विवादीत गीत ‘ह्याप्पी तिहार’ बोलको गीत यूट्युवबाट हटाएका छन् । महानगरिय अपराध महाशाखाले थापालाई मंंगलबार राजधानीबाट पक्राउ परेलगत्तै प्रहरीले गीत हटाउन अनुरोध गरेको थियो ।

प्रहरीकै आग्रहमा आफुले गीत हटाएको गायक थापाले बताएका छन् । उनको गीत थोरै समयमा निकै भाइरल समत भएको थियो । गीतमा राम्रा भन्दा नराम्रा प्रतिक्रियाहरु आएका थिए ।

गीतले तिहारको संस्कृतीमाथि प्रहार गर्दै विकृत संस्कृती भित्र्याउने चेष्टा गरेको भन्दै जिल्ला प्रशासन कार्यलयमा उजुरी परेपछि गायक थापा पक्राउ परेका थिए ।

उनकै च्यानलबाट मात्र गीत हटाइएको भएपनि अन्य व्यक्तिहरुले पनि उनको गीत आफ्नो च्यानलबाट सार्वजनिक गरेको कारण युट्युवबाटै उक्त गीत भने हटेको छैन ।

Trending News