काठमाडौँ, कात्तिक ५ । जापानका नयाँ सम्राट नारुहितोले १ सय २६ औँ सम्राटको रुपमा राजगद्धी आरोहण गरेका छन् । मंगलबार एक भव्य समारोहका बिच नारुहितोले औपचारिक रुपमा राजगद्धी आरोहण गरेका थिए ।
विभिन्न परम्परागत विधि सम्पन्न गरि नारुहितोले राजगद्धी आरोहण गरेका थिए । उनले करिब २ हजार भन्दा बढी अतिथिहरुबिच राजगद्धी आरोेहण गरेको हुन् । उनको राजगद्धी आरोहण समारोहमा नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारी, वेलायतका राजकुमार चाल्र्ससहित विभिन्न देशबाट उच्च पदस्थ व्यक्तिहरु सहभागी भएका थिए ।
२८ बर्षको उमेरमै युवराजको उपाधी पाएका नारुहितो ५९ बर्षमा सम्राट बनेका छन् । उनका पिता अकिहितोले आफु अस्वस्थ भएको भन्दै छोरालाई राजगद्धी सुम्पिएका हुन् ।

राज्यभिषेक सम्पन्न भएपछि जापानका नयाँ सम्राटले संविधानअनुसार काम गर्ने सपथ लिएका छन् । उनले आफ्नो राज्यभिषेकमा उपस्थित भएका सम्पुर्णलाई धन्यवाद समेत दिए ।
राज्यभिषेकपछि जापानका प्रधानमन्त्रीले उपस्थित अतिथिहरुलाई रात्रीभोज दिने कार्यक्रम रहेको छ ।