
बीबीसी । बंगलादेशको अदालतले एक छात्रालाई जिउँदै जलाएको अभियोगमा १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । आफुमाथि उजुरी दिएको भन्दै शिक्षकले १९ बर्षीया नुसरत जहाँ रफीलाई गत अप्रिल महिनामा ज्यूँदै जलाएर हत्या गरिएको थियो ।
नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापक बाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ।
नुसरतको मृत्युको घटनाले बाङ्ग्लादेशलाई स्तब्ध बनाएको थियो। त्यसपछि उनलाई न्यायको माग शृङ्खलाबद्ध प्रदर्शनहरू भएका थिए।
यस्ता खालका मुद्दाको किनारा लाग्न वर्षौँ लाग्ने गरेको बाङ्ग्लादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समय भित्रै छिनिदिएको छ।
घटना यस्तो थियो
नुसरतले प्रधानाध्यापक सिरज उद दउलाले आफुलाई बारम्बार आफुलाई अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिईन् । आफुबिरुद्ध उजुरी दिएको भन्दै विद्यालयको शिक्षकले उनिमाथि उजुरी फिर्ता लिनका दवाब दिएका थिए ।

उजुरी दिएको ११ दिनपछि एप्रिल ६ मा उनिहरुले नुसरतलाई विद्यालयको छतमा बोलाएका थिए । त्यहाँ उनलाई बुर्का लगाएका ४÷५ जनाले घेरेर उजुरी फिर्ता लिन द वाब दिएका थिए ।
उजुरी फिर्ता अस्वीकार गरेपछि उनलाई जिउँदै जलाएका थिए । जिउँदै जलाएपछि उनले आत्महत्या गरेको जस्तो देखाउने प्रयास गरिए पनि उनको उद्धार गरियो । उनले घटनाबारे दिएको जानकारीको भिडिओ उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए।
केही आक्रमणकारीको नाम लिँदै उनले भनेकी थिइन्, ‘शिक्षकले मलाई छोएका थिए। म त्यो अपराधविरुद्ध सास रहुन्जेलसम्म लडिरहन्छु।’
नुसरतको शरीरको ८० प्रतिशत भाग जलेको थियो। उनको चार दिनपछि मृत्यु भयो।