रोल्पाका शनि विश्वकर्मालाई नेपाल लोकस्टारको उपाधी, दोस्रो स्थानमा चेतन गोतामे

रोल्पाका शनि विश्वकर्मालाई नेपाल लोकस्टारको उपाधी, दोस्रो स्थानमा चेतन गोतामे

काठमाडौँ, कात्तिक ८ । एपिवान टेलिभिजनबाट प्रसारित नेपाल लोकस्टारको उपाधी शनि विश्वकर्माले प्राप्त गरेका छन् । शुक्रबार भृकुटीमण्डपस्थित खुला मैदानमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनि पहिलो नेपाल लोकस्टारको उपाधी हाँसिल गरेका हुन्।

उपाधीसँगै उनले नगद ५० लाख रुपैयाँ पुरस्कारस्वरुप प्राप्त गरेका छन् । त्यस्तै दोस्रो स्थानमा चेतन गोतामे आएका छन् भने उदयपुर कटारीका विनोद दनुवार तेस्रो भए । गोतामेले २५ लाख नगद पुरस्कार पाए भने विनोदले १० लाख पाए । त्यसैगरी रामेछापका रामकुमार नेपाली सान्वना भए ।सान्त्वना भएका उनले दुई लाख हात पारे ।

असार १२ गतेबाट सुरु भएको लोकस्टार कार्यक्रम भृकुटिमण्डपबाट ३६ औं शृंखला प्रत्यक्ष प्रशारण गर्दै सम्पन्न भएको हो । नेपालको लोक संस्कृति प्रचार प्रचार र विकास गर्ने उद्देश्यले चाहना मिडिया प्रालिले यो कार्यक्रम सञ्चालन गरेको हो ।

Trending News