टोकियो, कात्तिक ९ । जापानमा वर्षा र बाढीका कारण कम्तिमा ९ जनाको मृत्यु भएको छ ।
यसअघि टाइफून आएको क्षेत्रमा यसको बढी असर परेको अधिकारीहरुले जनाएका छन् । घटनाको कारण चिबा क्षेत्रमा एकजना हराइरहेका छन् फुकुसिमामा पनि अर्का एकजना अझै भेटिएका छैनन् ।
जापानमा टाइफूनको पुनर्निर्माण भइनसक्नै वर्षा र बाढीले जनजीवन कष्टकर बनाएको हो । घटना लगत्तै शनिबार प्रधानमन्त्री सिन्जो आबेले सुरक्षाकर्मीको आपतकालिन बैठक डाकेर उद्धारकार्यमा तत्काल खट्नका लागि निर्देशन दिएका छन् ।