
काठमाडौँ, ९ कार्तिक । १६ औँ राष्ट्रपतिको रुपमा अब्राह्म लिंकनले अमेरिकाको शासन सम्हालेका थिए । तात्कालिन सममयमा रंगभेदको बिरुद्धमा आवाज उठाएका कारण लिंकन लोकप्रिय भएका थिए । गरिब परिवारमा जन्मिएका लिंकन निकै संघर्षपुर्ण बाटोबाट गुज्रिँदै अमेरिकाको सत्तासम्म आइपुगेका थिए ।
३५ औँ राष्ट्रपतिको रुपमा अमेरिकाको शासन सत्ता सम्हालेका जोन एफ केनेडीको जीवनकालमा घटेका केही घटना र अब्राहम लिंकनको जीवन कालमा घटेका केही घटना संयोगबश मिल्दाजुल्दा भेटिएका छन् । हामीले यी दुइृ महान हस्तीहरुको जीवनकालमा मिल्न गएका संयोगहरुलाई बुँदागत रुपमा प्रस्तुत गर्ने जमर्को गरेका छौँ ।
१ लिंकन र केनेडी दुबैजना दोस्रो सन्तान थिए ।
२ दुबैजनाले डुंगा क्याप्टेको रुपमा काम गरेका थिए ।
३. अब्राहम लिंकन सन् १८४६ मा काँगे्रसबाट निर्वाचित भएका थिए भने सन् १९४६ मा केनेडी पनि कँग्रेसबाटै निर्वाचित भएका थिए ।
४. दुबैजना अमेरिकी सिनेटर, एटोर्नी जनरल, ग्रेट ब्रिटेनको राजदुत हुँदै बोस्टनको मेयर भएका थिए ।
५. अब्राहम लिंंकन सन १८६० मा अमेरिकाको १६ औँ राष्ट्रपतिमा निर्वाचित भएका थिए भने सन् १९६० मा अमेरिकाको ३५ औँ राष्ट्रपतिको रुपमा केनेडी निर्वाचित भएका थिए ।
६. लिंकन र केनेडी दुबै शब्दमा अंग्रेजीका सात अक्षर रहेका छन् ।
७. लिंकन र केनेडी दुबैले नागरिक अधिकारका लागि आवाज उठाएका थिए ।
८. लिंकन र केनेडी दुबैजनाले ३० बर्षको उमेरमा बिवाह गरेका थिए । बिहेको समयमा दुबै जनाको श्रीमतीकोे उमेर २४ बर्ष थियो भने दुबैजना सामाजिक अभियन्ता समेत थिए ।
९. दुबै जनाको श्रीमतीले ह्वाइट हाउसमा रहँदा सन्तान गुमाउनु परेको थियो ।
१०. लिंकन र केनेडी दुबैको हत्या शुक्रबार भएको थियो ।
११. दुबैजनाको टाउकोको पछाडी भागमा गोली लागेको थियो ।
१२. हत्या गरिएको बेला दुबैजना आफ्नी श्रीमतीसँग थिए । दुबैको श्रीमती सामान्य घाइते सम्म भएनन् ।
१३. लिंकनको सेक्रेटरीको नाम केनेडी थियो भने केनेडीको सेक्रेटरीको नाम लिंकन थियो ।
१४. हत्या भएको दिन लिंकनलाई उनका सेक्रेटरी केनेडीले थियटर नजानको लागि आग्रह गरेका थिए भने केनेडीको सेक्रेटरी लिंकनले पनि उनलाई दलास जनानको लागि आग्रह गरेका थिए ।
१५. दुबैको हत्या दक्षिणीहरुले गरेका थिए ।
१६. दुबैका उपराष्ट्रपतिको नाम जोनसोन थियोे ।
१७. लिंकनका उपराष्ट्रपति एण्ड्र्यिू जोनसन सन १८०८ मा जन्मेका थिए भने केनेडीका उपराष्ट्रपति लिण्डन जोनसनको जन्म सन् १९०८ मा भएको थियो ।
१८. अब्राहम लिंकनलाई गोली प्रहार गर्ने अमेरिकी कलाकार जोन विक्स सन् १८३९ मा जन्मेका थिए भने केनेडीमाथि गोली प्रहार गर्ने लि हार्भे ओसवाल्डको जन्म सन् १९३९ मा भएको थियो ।
१९. दुबै हत्याराहरुको नाम तीन शब्द र १५ अक्षरद्धारा बनेको थियो
२०. लिंकनको हत्या गर्ने बुथलाई थिएटरबाट भाग्दै गर्दा गोदामबाट नियन्त्रणमा लिइएको थियो भने केनेडीको हत्या गर्ने ओसवाल्ड गोदामबाट भाग्दै गर्दा थिएटरमा पक्राउ परेका थिए ।