आईपीएलः राजस्थानको विजययात्रा रोकियो

दियो पोस्ट  

एजेन्सी, १५ असोज । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सको लगातार दुई खेलको विजय यात्रा टुंग्याइदिएको छ ।

पहिलो दुई खेल जितेर शीर्षस्थानमा रहेको राजस्थानमाथि कोलकाताले बुधबार ३७ रनको जित पायो ।

१ सय ७४ रनको स्कोर रक्षा गर्नेक्रममा कोलकाताले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राजस्थानलाई निर्धारित २० ओभरभित्र ९ विकेटमा १ सय ३७ रनमात्र बनाउन दियो । तीन खेलमा दोस्रो जित हात पारेपछि कोलकाता पुछारको दोस्रो स्थानबाट माथिल्लो दोस्रो स्थानमा उक्लेको छ ।

राजस्थान तेस्रो स्थानमा झरेको छ । राजस्थानका टम कुरान ५४ रनमा अविजित रहे । त्यसबाहेक दोहोरो स्कोर बनाउनेमा जोस बटलर (२१) र राहुल टेवाटिया ९१४० मात्र थिए । कोलकाताका शिवम माभी, कमलेश नगरकोटी र वरुण चक्रवर्तीले २–२ विकेट लिए ।

यसअघि कोलकाताबाट शुभमन गिलले ४७, सुनिल नारिनले १५, नितिश रानाले २२, एन्ड्रयु रसेलले २४ र इयोन मोर्गनले अविजित ३४ रन बनाएका थिए । राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए ।

सम्बन्धित खबर

ट्रेन्डिङ