काठमाडौंका निर्दयी घरबेटीहरुलाई महानगरपालिकाद्वारा कारबाही गर्ने चेतावनी !

दियो पोस्ट  

काठमाडौं, १६ असोज । सरकारले लकडाउन खुकुलो बनाएसँगै राजधानी भित्रिने सर्वसाधरणको संख्या बढिरहेको छ ।

घरबेटीले पिसिआर रिपोर्ट विना घर प्रवेशमा प्रतिबन्ध लगाएपछि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अगाडी दैनिक हजारौंको संख्यामा भिडभाड हुने गरेको छ । जसका कारण संक्रमण झनै फलने खतरा बढिरहेको देखिन्छ ।

राजधानीका घरबेटीहरुको अमानवीय व्यवहारका कारण डेरामा बस्नेहरु दिन रात नभनी टेकुस्थित प्रयोगशाला अगाडी मध्यरातमा समेत लाइनमा बस्नु परेको अवस्था छ ।

काठमाडौंमा भएका घरबेटिहरुले पिसिआर परिक्षणको रिपोर्टविना डेरामा छिर्न नदिनेहुँदा डेरावालाहरु मारमा परेका हुन् ।


पिसिआर परिक्षणको रिपोर्टविना डेरामा छिर्न नदिने घरबेटिहरुलाई कारबाही गर्ने चेतावनी काठमाडौं महानगरापलिले दिएको छ ।

डेरावालाहरुप्रति अन्याय भएको भन्दै वैयक्तिक स्वतन्त्रत्रालाई हनन हुने गरी यस्ता अनावीय क्रियाकलापहरु नेपालको कानुन बमोजिम दण्डनीय रहेका भन्दै महानगरले चेतावनी दिएको हो ।

TATA ADD