पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण,३ हजार ७ सय ४९ जनामा पुष्टि !

दियो पोस्ट  

काठमाडौं, असोज २९ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ जना पुगेको छ।

हाल देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ३७ हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८२५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

सम्बन्धित खबर