थप १९ सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुग्यो !

दियो पोस्ट  

काठमाडौं, असोज १९ । पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो ।

बुधबार देशभर १२ जनाको मृत्यु भएको छ । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।