बञ्चरो प्रहार गरी हत्या गरेको अभियाेगमा ‘टल्के’ पक्राउ

बञ्चरो प्रहार गरी हत्या गरेको अभियाेगमा ‘टल्के’ पक्राउ

झापा,असोज २९ । कन्काई नगरपालिका-३ बस्ने २२ वर्षीय अभिषेक चौधरीलाई धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिका-७ काब्राबोट टोल बस्ने २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

कन्काई नगरपालिका-३ एकान्त टोलस्थित रहेको सुरुङगा खोलाको बाँध र बाँसघारी झ्याङस्थित गोरेटो बाटोमा बुधबार बिहान अभिषेकको शव फेला परेको घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रविनलाई सोही नगरपालिका-७ त्रिवेणी विकास टोलबाट पक्राउ गरेको हो ।

मृतक अभिषेकले रविनलाई १ सय रुपैयाँ दिई गाँजा लिन पठाएको विषयमा भएको विवादको कारण बञ्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Trending News