अवैध लागुऔषध सहित २ जना पक्राउ

अवैध लागुऔषध सहित २ जना पक्राउ

खोटा,असोज २९ । हलेसी तुवाचुङ नगरपालिका-१ बयक्ताबाट ७ किलो अवैध लागूऔषध गाँजा, १७ बोरा सुर्ती, २ बोरा चुना, १ बोरा सुर्ती प्याक पार्ने प्लाष्टिक, २ थान फलामको दाउ, १ सेट गाँजा बनाउन प्रयोग गर्ने मेसिन, १ बोरा स्टिकर र १ थान अचानो सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय सुबास राई र २३ वर्षीय अविन नेपाली रहेका छन् ।

राईको घरमा गाँजा तथा सुर्ती अबैध रुपमा बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङ, ईलाका प्रहरी कार्यालय हलेसीबाट र प्रहरी चौकी च्यास्मिटारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा, सुर्ती लगायत अन्य सामानहरु समेत फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

Trending News