एम्बुलेन्समा अपहरण : ६ वर्षपछि सिआइबीको फन्दामा खुंखार अपहरणकारी !

दियो पोस्ट  

काठमाडौँ । संगठीत रुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योग मुद्दामा फरार एक अभियुक्तलाई प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला झापा धाईजन गा.वि.स. वडा नं ०३ हाल मेचीनगर नगरपालिका वडा नं १२ मा बस्ने नरेश मेचे रहेका छन् ।

२०७१ माघ १८ गते झापा बि.न.पा. ६ बस्ने सुनिल कुमार अग्रवाल (विन्दल) लाई मेचेसहित बजरंग पन्सारी (अग्रवाल) समेतले हतियार देखाई विभिन्न डर देखाएर अपहरण गरेका थिए । उनीहरुले उनलाई एम्बुलेन्समा अपहरण गरि झापा धरमपुर–२ रहेको हर्क बहादुर कन्दको घरमा बन्धक बनाएका थिए । तर, प्रहरीले माघ २३ गते नै बन्धक बनाएको स्थानबाट पिडितलाई मुक्त बनाएको थियो

सिआइबी प्रमुख डिआईजी सहकुल थापाका अनुसार सो क्रममा अपहरणकारी र प्रहरी बीच गोली चल्दा १ जना प्रहरी कर्मचारी समेत घाइते भएका थिए ।


जिल्ला अदालत झापाको २०७३ असार २१ गतेको आदेशले १७ वर्ष कैद र एक लाख पचास हजार जरिवाना फैसला भई हालसम्म फरार रहेका मेचे पक्राउ परेका हुन् । उनलाई प्रहरीले काठमाण्डौ का.म.न.पा. वडा नं २९ स्थित नयाँ बसपार्क, गँगबुबाट पक्राउ गरेको हो ।

सम्बन्धित खबर