प्रहरीद्वारा भिटेनको व्यापक खोजी, विवादमा आएको ‘पारा’ गीतमा के छ ?

प्रहरीद्वारा भिटेनको व्यापक खोजी, विवादमा आएको ‘पारा’ गीतमा के छ ?

काठमाडौं, १३ कार्तिक । र्‍याप गायक भिटेन (समीर घिसिङ) फेरी विवादमा आएका छन् । उनले नयाँ गित सावएजनिक गरेसँगै उनलाई प्रहरीले खोजी गर्न थालेको छ ।

उनले गत शनिबार पारा नामको गित बजारमा ल्याएका थिए । युट्युव, साउन्डक्लाउड देखि विभिन्न सामाजिक सञ्जालमा एकै साथ सार्वजनिक गरिएको गीतमा महिलालाई ‘माल’, र र…डी जस्ता अपशब्द प्रयोग गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ ।

त्यसो र्यापको नाममा अश्लिल शब्द र अपमानजनक शब्द प्रयोग गरेको पाइएपछि उनलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो ।
पक्राउ परेपछि उनले अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाएपछि छाडिएको थियो ।
प्रहरी प्रधान कार्यालयको पत्र पाएसँगै साइबर ब्यूरोले भिटेनको खोजी गरेको छ ।

Trending News