काठमाडौं । अखिल क्रान्तिकारीको नेतृत्व घोषणा हुनुअघि तनाव भएको छ ।
सम्मेलनको बन्द शत्रमा उपस्थितहरुले चर्को नाराबाजी गरेका छन् ।
पार्टी नेतृत्वले कार्यकर्ताको भावना विपरित नेतृत्व चयन गरेको भन्दै सहभागीहरुले चर्को विरोध गरेका हुन् ।
उनीहरुले नाराबाजी गरेपछि नेतृत्व घोषणा कार्यक्रम रोकिएको छ ।
अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छिन् ।
त्यस्तै महासचिवमा दिपेश पुन चयन भएको सार्वजनिक भएको छ ।