फल्चा हडप्ने प्रमुख ‘योजनाकार’ सुरेन्द्र भण्डारी कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित !

diyopost.com
दियो पोस्ट  सोमबार, आश्विन १८, २०७८ | २०:५२:३५

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको ऐतिहासिक समय् फल्चा हडप्ने प्रमुख ‘योजनाकार’ तथा श्री लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी कांग्रेस महाधिवेशनमा निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसको गोरखा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

सहकारीको आवरणमा विभिन्न व्यक्तिलाई ठगी गर्दै आएको भन्दै उनीमाथि सिआइबीले छानबीन गरिरहेको छ । उनै भण्डारी कार्यकारी अधिकृत रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले नेवार समुदाएको ऐतिहासिक इन्द्र जात्रा सम्पदा समय् फल्चाको भग्नावशेष हडपेर भौतिक संरचना निर्माण गरेको थियो ।

कांग्रेसबाट निर्वाचित ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले फल्चा निर्माणमा सक्रियता देखाएपछि मेयर महर्जनलाई भण्डारीले कांग्रेसकै नेताहरु लगाएर घेराबन्दी गराएका थिए ।

उनले गृहमन्त्री बालकृष्ण खाँडलाई दुरुपयोग गरेर ऐतिहासिक फल्चा मिच्न पत्र समेत कटाएका थिए । मन्त्री खाँडकै निर्देशनमा ललितपुरका सिडिओले सर्वोच्च अदालतको आदेश र फैसलालाई लत्याएर फल्चा निर्माण रोक्न पत्राचार गरेको पाइएका थियो ।

भण्डारी समलग्न रहेको सहकारीलाई पूर्व माओवादी नेता बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल लगायत नेताको संरक्षण छ । उनलाई नेकपा एमालेका नेता केशव बडाल लगायतले समेत भण्डारीको कालो कतुर्त ढाकछोप गर्दै आएका छन् ।

पछिल्लो समय नेपाली कांग्रेसका नेताहरु विमलेन्द्र निधि र आनन्द ढुंगाना लगायतलाई दुरुपयोग गरेर कांग्रेसको वित्तिय संस्था तथा सहकारी विभागको सचिव पड्काएका उनले गोरखाबाट महाधिवेशन प्रतिनिधि बनेर केन्द्रीय पद हत्याउने दाउ गरेका छन् । उनले क्षेत्र नम्बर २ बाट ३ सय ११ मत प्राप्त गरेका छन् । खस आर्य आरक्षणबाट उम्मेदवार बनेका उनको प्रतिष्पर्धी समेत कोही थिएनन् ।

 

खुल्ला तर्फ सबैभन्दा धेरै मत प्रकाशचन्द्र दवाडीले ल्याएका छन् । उनले ४ सय ३३ मत पाएका छन् । भण्डारीले जिल्ला भर निर्वाचित २४ महाधिवेशन मध्ये २३ औँ मत पाएका हुन् । तर, उनले सामाजिक सञ्जाल फेसबुकमा भने सबैभन्दा धेरै मत ल्याएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएको झूटो बक्तव्य निकालेका छन् ।

त्यसो त उनी झूट र फट्याइँमा माहिर पात्र हुन् । उनले सर्वोच्च अदालत, जिल्ला अदालत र उच्च अदालतमा समेत झूटो निवेदन दायर गरेर फल्चा निर्माण रोक्न आदेश माग गरेको उच्च अदालत र जिल्ला अदालतको आदेशहरुबाट पुष्टि भइसकेको छ ।

सम्बन्धित खबर