काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरण र सुन भरिया मोरङका सनम शाक्य हत्या प्रकरणमा ८ जना दोषी ठहर भएका छन्। जिल्ला अदालत मोरङले सुन तस्करी तथा सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ८ जनालाई दोषी ठहर गरेको हो ।
जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ८ जनालाई दोषी ठहर गरेको हो । भने दोषी ठहर भएका मध्य ६ जनालाइ जन्म कैदको सजाय तोकेको छ । सजाय तोकिनेमा गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी रहेका छन् ।
यस्तै, राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ। स्रोतका अनुसार सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा पनि सजाय गरिएको फैसलामा उल्लेख छ । फरार २१ अभियुक्तको मुद्दा मुल्तबीमा राखिएको छ भने अन्य आरोपीले सफाइ पाएको छ ।