त्रिपुरेश्वरमा दुर्घटना : जेब्रा क्रसिङमा महिलालाई ठक्कर दिएर कारमाथि चढ्यो मोटरसाइकल !

diyopost.com
दियो पोस्ट  आइतबार, आश्विन २४, २०७८ | १८:२७:४२

काठमाडौं । राजधानीको त्रिपुरेश्वर चोक नजिकै सवारी दुर्घटना भएको छ ।

त्रिपुरेश्वर चोकबाट थापाथली तर्फ आउँदै गरेको मोटरसाइकलले जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी एक महिलालाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट ती महिलाको टाउकोमा गम्भिर चोट लागेको छ । दुर्घटनामा घाइते भएकी महिलालाई सर्वसाधरणले ट्याक्सीमा राखेर अस्पताल पुर्याएका छन् ।

बा २५ प ८०४२ नम्बरको मोटरसाइकलल बाटो क्रस गर्दै आएको महिलालाई ठक्कर दिएको थियो ।

महिलालाई ठक्कर दिएको मोटरसाइकलले विपरित दिसाबाट आउँदै गरेको प्रदेश ३ बिएए ०८७८ नम्बरको कारलाई समेत ठक्कर दिएको थियो । ठक्करपछि कारमा समेत क्षति पुगेको छ । मोटरसाइकल चालकलाई सर्वसाधरणले नियन्त्रणमा लिएर ट्राफिक प्रहरीलाई बुझाएका छन् ।

सम्बन्धित खबर