मुगु बस दुर्घटना : मृतकको संख्या २८ पुग्यो, दर्जनौँ घाईते

diyopost.com
दियो पोस्ट  मंगलबार, आश्विन २६, २०७८ | २०:०८:३५

काठमाडौं । मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा मंगलबार दिउँसो भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ। सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको थियो ।

मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको र अहिलेसम्म २८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । प्रहरीका अनुसार २४ जनाको घटनास्थलमै र ३ जनाको अस्पतालमा मृत्यु भएको हो ।

बस सडकबाट दुई सय मिटर तल खसेको प्रर वस पूर्ण रुपमा क्षतविक्षत भएको थियो । हेलिकप्टरवाट घाइतेहरुको उद्दार गरिएको पनि उनले जनाए । घाइतेहरुको उद्दार शुरु गरिएको छ । तर घटनाको पूर्ण विवरण भने आईनसकेको छैन ।

नेपालगञ्जबाट गाडीमा करिब ७० जना चढेको प्रारम्भिक विवरण रहेको पनि प्रहरीकै भनाई छ । भन्दा ३९ जना चढेको भने पनि ७० भन्दा वढी यात्रु हुन सक्छन् भन्ने जानकारी आएको छ।

सम्बन्धित खबर