मोहन बैद्यको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति पुगे नर्भिक अस्पताल !

diyopost.com
दियो पोस्ट  मंगलबार, कार्तिक ०२, २०७८ | १३:१९:३१

काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कम्युनिस्ट नेता मोहन बैद्य किरणलाई भेट्न उपराष्ट्रपति नन्द बहादुर पुन अस्पताल पुगेका छन् ।

नेकपा क्रान्तिकारी माओवादीका महासचिव समेत रहेका किरण केहीदिन देखि नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् । मंगलबार विहान ८ बजेर ४० मिनेटमा अस्पताल पुगेका उपराष्ट्रपति पुनले बैद्यको स्वास्थ्य लाभको कामना गरेको प्रेस सल्लाहाकार मनोज घर्तीले जानकारी दिए ।

पुनले स्वास्थ्यकर्मीसँग बैद्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । स्वास्थ्यकर्मीहरुले वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र बुधबारसम्म डिस्चार्ज हुने जानकारी गराएका थिए ।

सम्बन्धित खबर