वीर अस्पतालमा ‘स्वास्थ्य मन्त्रीको मान्छे हुँ भन्दै चन्दा आतंक’ !

दियो पोस्ट  

काठमाडौं । नवनियुक्त स्वास्थ्य मन्त्री विरोध खतिवडा अहिलेसम्म कुनै पनि आर्थिक विचलनमा फसेका छैनन् । मकवानपुरबाट पटक पटक निर्वाचित सांसद रहेका मन्त्री खतिवडालाई विवादमा ल्याउन उनी निकटका व्यक्तिहरु सक्रिय हुन थालेका छन् । उनी निकट माफियाहरुले वीर अस्पतालमा चलखेल गर्न थालेको खबर छ ।
कोभिड १९ केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका डा. भूपेन्द्र बस्नेतले विभिन्न सुधार गरेका छन् । यसअघि केपी ओली सरकारले नियुक्त गरेको मेडिकल माफियाका नाइके तथा पूर्व प्रशासकीय अधिकारी डा जागेश्वर गौतम निकट व्यक्तिहरुले नै फेरी चलखेल थालेका छन् । गौतमको कार्यकालमा खरिद इकाई, जनरल स्टोर र सामाजिक इकाईमा बसेर रजाइँ गरेकाहरु फेरी सल्बलाउन थालेका छन् ।

उनीहरुले वीर अस्पतालको मेडिकल सामाग्री खरिद, ठेक्कापट्टा र कर्मचारी भर्नामा मिलेमतो गरेको आरोप छ । उपकरण खरिदमा स्वास्थ्य मन्त्री विरोध खतिवडाकै जिल्लाबासी हुँदै भन्दै विष्णु फुँयाल, अग्निधर बस्याल र जनरल स्टोरका केही कर्मचारीको मिलेमतो शुरु भएको छ । लेखा शाखा प्रमुख लोक बोहराले समेत स्वास्थ्य मन्त्रीलाई रिझाउनु छ दशैं तिहार खर्च भन्दै मन्त्री ज्युलाई भन्दै चन्दा आतंक मच्चाएको आरोप लागेको छ । यता एक व्यापारीका अनुसार फुयाँल र अग्निधरले त ‘अब बीरमा हामीले जे भन्यो त्यही हुन्छ । मन्त्री मेरै हो’ भन्दै भ्रम छरिरहेका छन् । उनीहरुले बिना टेन्डर सामान खरिदका लागि समेत उक्साइरहेको आरोप वीर अस्पतालका एक कर्मचारीले लगाए । लेखा प्रमुख बोहोरा र अहेब फुयाँलले विभिन्न व्यापारीलाई होटलमा डिल गर्दै आएको आरोप छ उनीहरुले मन्त्रीलाई आफ्नो मान्छे भन्दै भ्रम छरेको आरोप लागेको छ । उनीहरुले आफूलाई अख्तियार र मन्त्रीसँग निकटता रहेको समेत बताउँदै आएका छन् । ‘उनीहरुले अस्पतालको सबै शाखा, बिभागका स्टोर आफु मातहत हुनुपर्छ भन्दै प्रसासनलाई दबाव दिँदै आएका छन्,’अस्पताल स्रोतले भन्यो,‘ प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र गर्ने हरेक सुधारको काममा समेत भाँजो हालिरहेका छन् ।’
स्रोतका अनुसार विगतमा पनि बोहरा, अहेब फुयाँल र तत्कालिन प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमको मिलेमतोमा गौतमकै पार्टनर सुन्दर भुसालको स्वामित्व रहेको म्याक्सिम इन्कर्पोरेशनलाई २४ करोड बराबरको ठेक्का चोर बाटोबाट दिइएको थियो ।