काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री हुँदा आफ्ना निकट र आसेपासेलाई मात्र नियुक्तिमा अवसर दिएको भन्दै बिद्रोह गरी नयाँ पार्टी गठन गरेका माधवकुमार नेपाल र झलनाथ खनालले त्यही प्रवृत्ति देखाएका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपाल र बरिष्ठ नेता खनालले आफ्नो पार्टीले सम्हालेका मन्त्रालयमा आसेपासेलाई नियुक्ति दिने क्रम सुरु गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पशुपति विकास कोषको कोषाध्यक्षमा नेकपा समाजवादीका बरिष्ठ नेता झलनाथ खनालका अति निकट सहारा न्यौपानेलाई नियुक्ति गर्न लागिएको छ । नेकपा समाजवादीको राज्य ब्यवस्था समितिले मंगलबार खनालको सिफारिसमा न्यौपानेलाई नियुक्ति गर्ने निर्णय गरिसकेको छ । पर्यटन मन्त्री प्रेम आलेलाई समितिले उनको नियुक्ति गर्न निर्देशन दिइसकेको छ ।
यसअघि न्यौपानेलाई राजदूत नियुक्ति गर्न खनालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अति जोडबल गरेका थिए । तर क्षमता नै नभएकी न्यौपानेलाई नियुक्त गर्न ओलीले नमानेपछि खनाल ओलीसँग टाढिएका थिए । न्यौपानेका पति शिवशरण न्यौपानेलाई खनाल प्रधानमन्त्री हुँदा नेपाल वायुसेवा निगमको अध्यक्ष बनाइएको थियो ।
नेतृत्वक्षमता शून्य बराबर भएका शिवशरण न्यौपानेलाई सहाराकै ढिपीका कारण खनालले निगममा नियुक्ति गरेका थिए । उनीजस्ता नियुक्तिका लागि नियुक्ति भएका पात्रहरुका कारण निगम आज ४५ अर्ब घाटामा पुगिसकेको छ ।
यद्यपि शिवशरण न्यौपानेको निधन भइसकेको छ । क्रिश्चियनहरुले नेपालको पशुपतिनाथ मन्दिरको महत्व र गरिमालाई धुलिसात बनाउनका लागि यसअघि विवादित मिलनकुमार थापालाई पशुपति विकास कोषको सदस्य सचिव नियुक्ति गराइसकेका छन् । थापा क्रिश्चियनहरुको योजनामुताविक नै सदस्य सचिव नियुक्ति भएको खुलिसकेको छ । अब झलनाथ खनालमार्फत् क्रिश्चियनहरुले सहारा न्यौपानेलाई कोषको कोषाध्यक्ष बनाउने भएका छन् ।
पर्यटन मन्त्री प्रेम आलेलाई आजै न्यौपानेलाई कोषको कोषाध्यक्ष नियुक्ति गर्न दबाब परेको छ ।
मिलन थापा पशुपति विकास कोषको कोषाध्यक्ष हुँदा सुनको जलहरी लाउने क्रममा ८ किलो सुन गायब पारेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।