छलफलमा बोलाएर एमालेको वडाध्यक्ष बनाएको भन्दै सापकोटाद्वारा पद त्याग गरेको घोषणा !

diyopost.com
दियो पोस्ट  आइतबार, कार्तिक ०७, २०७८ | १०:५२:१५

काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रका एक कार्यकर्तालाई जबरजस्ती वडा कमिटिको अध्यक्षमा चयन गरेको खुलाशा भएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नमबर ४ कुभिण्डेको वडाध्यक्षमा चयन भएका रुद्र प्रसाद सापकोटाले आफूलाई झुक्याएर वडाध्यक्ष बनाइदिएको दाबी गरेका छन् । ‘केही जिम्मेवार व्यक्तिहरुले तपाईंसँग छलफल छ भनी बोलाएर त्यहाँ मलाई व डा कमिटिको अध्यक्ष बनाएता पनि उक्त पार्टी प्रति मेरो कुनै समलग्नता छैन,’ सापकोटाले विज्ञप्तिमा भनेका छन्,‘साथै सो दलप्रति कुनै आस्था र विश्वास नरहेको र मेरो आफ्नो संगठन ने.क.पा माओवादी केन्द्रको सदस्यता यसअघि नै नविकरण गरिसकेकोले सम्पूर्ण वडाबासीमा अवगत गराउँदै अनावश्यक भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु ।’

उनले सामाजिक सञ्जालमा पार्टी सदस्य नविकरण गरेको तस्विर समेत पोस्ट गरेका छन् ।

सम्बन्धित खबर