धादिङमा एमाले वडा अधिवेशन : सरकारी जागिरे शिक्षक वडाध्यक्षमा चयन !

diyopost.com
दियो पोस्ट  आइतबार, कार्तिक ०७, २०७८ | २३:०२:५८

धादिङ । सरकारी कर्मचारीले राजनीतिक दलमा क्रियाशिल हुँदा कर्मचारी प्रशासन लथालिंग हुँदै आएको छ । त्यसमा पनि सरकारी सेवामा रहेका शिक्षक नै खुलेर राजनीतिक दलको नेता कार्यकर्ता बनेको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।

तर, नेकपा एमालेको जारी वडा अधिवेशनमा भने एक जना सरकारी सेवामा कार्यरत शिक्षक वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपा एमाले धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर ३ मैदीको वडाअध्यक्षमा निर्वाचित प्रेम कुमार पुलामी मैदीमै रहेको शमि भञ्ज्याङ उच्च माध्यमिक विद्यालयका शिक्षक हुन् ।

उनी प्राा. वि तहका शिक्षक हुन् ।

पुलामीलाई नेकपा एमालेको वडा अधिवेशनले सर्वसम्मत वडाध्यक्षमा निर्वाचित गरेको हो ।

सम्बन्धित खबर