एजेन्सी । पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । पाकिस्तानको गुजरांवालाको अल्लाहवाला चोकमा पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार भएको बीबीसीले जनाएको छ । एक र्यालीका क्रममा उनीमाथि गोली प्रहार भएको हो ।
गोली प्रहारबाट खान घाइते भएको बताइएको छ । पाकिस्तानी प्रहरीले उनी सुरक्षित रहेको जनाएको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । प्रहरीले गोली प्रहार गरेको आरोपमा एक जनालाई पक्राउसमेत गरेको छ । तर, कसले किन गोली चलायो भन्ने विषय खुलेको छैन ।