सहकारीलाई चुनावसम्मका लागि साधारणसभा गर्न रोक

दियो पोस्ट  

काठमाडौं । मंसिर ४ गतेसम्म सहकारी संघसंस्थालाई साधारणसभा गर्न बागमती प्रदेश सरकारले रोक लगाएको छ ।

प्रदेश सरकार अन्तर्गतको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार सूचना निकालेर साधारणसभा नगर्न निर्देशन दिएको हो ।

 

मन्त्रालयका उपसचिव नारायणप्रसाद ज्ञवालीका अनुसार साधारणसभा गर्दा केही सहकारीले जनप्रतिनिधि, प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारलाई अतिथि बनाउँदा आचारसंहिता उल्लंघन हुने भएकाले चुनावसम्मका लागि साधारणसभा नगर्न अनुरोध गरिएको हो ।

उनले भने,“चुनाव नजिकिदै गएको र सहकारीका कार्यक्रमहरुमा उम्मेदवारहरु नैं पुगेर भोट माग्न थालेको गुनासो आउन थालेपछि निर्वाचन अवधिभर साधारणसभा नगर्न निर्देशन दिइएको हो ।”

सिफारिस