काठमाडौं । कात्तिक २५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा आमसभा गर्ने भएको छ।
शुक्रबार बसन्तपुरमा आमसभा गर्ने तयारी रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूले पनि आमसभालाई सम्बोधन गर्नेछन्।
यसअघि नवलपुर, गोरखा , नवलपरासीलगायत ठाउँमा राप्रपाले आमसभा गरिसकेको छ।