बागलुङमा चुनाव बहिष्कार गर्दै हिडेका नेकपा बहुमतका तीन नेता पक्राउ

दियो पोस्ट  

काठमाडौं । निर्वाचन बहिष्कारको पोष्टर टाँस्दै हिँडेका नेकपा बहुमतका तीन जना नेता पक्राउ परेका छन् ।

धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।

गलकोट नगरपालिका १ का ३५ वर्षीय हरि नेपाली, ४५ वर्षीय दलसिंह खत्री र ४५ वर्षीय कृष्ण बहादुर कुँवरलाई प्रहरीले ट्राफिक चोकबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाका अनुसार, ‘उनीहरुको साथबाट निर्वाचन विरोधी पर्चा, पम्लेट र पोस्टर बरामद भएको हो ।’

विप्लव नेतृत्वको नेकपा, धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र
ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनाव बहिष्कारको घोषणा गरेका छन् ।

 

सिफारिस