काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा विप्लव नेकपाका ७५ जना नेता कार्यकर्ता प्रवेश गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपालले टीका र खादा लगाएर स्वागत गरेका छन् ।
पार्टीमा समाहित भएका नेता कार्यकर्ताहरुलाई उचित भूमिका दिइने भन्दै आसन्न निर्वाचन लक्षित कार्यक्रममा लाग्न र पार्टीका प्रत्यक्ष तथा समानुपातिक सहित बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई जिताउन आग्रह गरे । ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य हरी खड्का, डिकेश लामासहित ७५ नेता तथा कार्यकर्ता प्रवेश गरेका छन्
डिकेश लामाले कम्युनिष्ट पार्टीको रक्षा पुनर्एकीकरण एकीकृत समाजवादीमा सम्भव भएको कारण नेकपा (एस)मा समाहित भएको बताए ।