निर्वाचन पर्यवेक्षणका लागि जापानका उप–विदेशमन्त्री ताकेइ नेपाल आउँदै

दियो पोस्ट  

काठमाडौं । जापानका उप–विदेशमन्त्री ताकेइ स्युनसुके निर्वाचन पर्यवेक्षण गर्न नेपाल आउने भएका छन् । जापानको विदेश मन्त्रालयले आज जारी गरेको सूचनाअनुसार उनी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पर्यवेक्षक प्रमुखको रुपमा नेपाल आउन लागेका हुन ।

विदेश मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको सूचनामा लेखिएको छ,‘नेपालमा मंसिर ४ मा हुन गैरहेको निर्वाचनलाई पार्दर्शी, निष्पक्ष र शान्तपूर्ण तवरले सम्पन्न होस् भन्ने जापानको चाहना हो । जापानका तर्फ बाट निर्वाचन प्रयवेक्षण गर्न पठाइएको र पर्यवेक्षक प्रमुखका रुपमा उप–विदेशमन्त्री ताकेइलाई नेपालमा खटाइएको हो ।’

नारिता विमानस्थलबाट ताकेइ मंसिर ३ मा नेपाल आउने छन् । निर्वाचन सकिएलगतै उनी मंसिर ५ मा भुटान, २४ मा बङ्गलादेश हुँदै २५ मा जापान फर्कने तालिका रहेको छ ।

जापानका उप–विदेशमन्त्री ताकेइ प्रमुख प्रयवेक्षकका रुपमा नेपाल आउन लागेको टोकियो स्थित नेपाली दूतावसले पुष्टि गरेको छ । दुतावासका उप–नियोग प्रमुख अम्बिका जोशीले ताकेइ नेपाल आउने सुचना प्राप्त भएको बताए ।

 

सिफारिस