रुपन्देही २ः विष्णु पौडेलले पछ्याउदै घण्टी, मतान्तर ६५ मात्र

दियो पोस्ट  

काडमाडौं । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका विष्णु पौडेलले मतान्तर घटाउँदै लगेका छन् । सुरूदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग पछि परेका एमाले उपाध्यक्ष पौडेलले अहिले मतान्तर ६५ बनाएका छन् । यसअघि विष्णु पौडेल करिब ५०० ले पछाडि थिए । पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले ४ हजार १३४ मत ल्याउँदा एमालेका पौडेलले ४ हजार ६९ मत ल्याएका छन् ।

यहाँ अहिलेसम्म १२ हजार ३०० मत मात्र गणना भएको छ । रुपन्देही–२ मा ८१ हजार २०२ मत खसेको थियो ।