एमालेको दोस्रो जित, काठमाडौं ९ मा कृष्ण गोपाल श्रेष्ठ निर्वाचित

दियो पोस्ट  

काठमाडौं । नेकपा एमालेका नेता कृष्ण गोपाल श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । स्वतन्त्र र्टीपाका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतले पछि पार्दै एमाले नेता श्रेष्ठ निर्वाचित भएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ९ मा खसेको ४३०६७ मत मध्ये एमालेका कृष्ण गोपाल श्रेष्ठले ११९५६ मत ल्याउँदा उनको प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकवहादुर पोखरेल १०९६१ मतमा रोकिए । गठबन्धनबाट उम्मेदवार बनेकी कल्पना धमलाले ६४०२ मत ल्याइन् ।

काठमाडौं क्षेत्र नम्बर ९ मा ७२ हजार १७३ मतदाता रहेकोमा ४३ हजार ६७ मत मात्रै झरेको थियो ।

सिफारिस