
Soccer Football - FIFA World Cup Qatar 2022 - Group E - Japan v Costa Rica - Ahmad Bin Ali Stadium, Al Rayyan, Qatar - November 27, 2022 Costa Rica's Keysher Fuller celebrates scoring their first goal with Yeltsin Tejeda REUTERS/Hannah Mckay
काठमाडौं । कतारमा जारी २२औं विश्वकपमा कोस्टारिकाले जापानलाई हराएको छ। दोस्रो हाफको ८०औं मिनेटमा कोस्टारिकाका केसियर फुलरेले हानेको एक गोल निर्णायक बन्दा कोस्टारिका विजयी बन्यो। जितसँगै कोस्टारिकाले ३ अंक जोडेको छ। कोस्टारिकासँगै २ खेल खेलेको जापानको पनि ३ अंक छ। यही समूहको स्पेनले १ खेल खेल्दै ३ अंक बटुलेको छ। जितसँगै अर्को चरण प्रवेशको सम्भावना कोस्टारिकाले जीवितै राखेको छ। दोहास्थित अहमद बिन अली रंगशालामा भएको खेलमा यी दुई टोली पहिलो हाफसम्मा गोलरहित बराबरीमा रोकिएका थिए। समूह ‘ई’ मा रहेका यी दुई टोली मध्ये कोस्टारिकाले पहिलो खेल स्पेनसँग ७–० ले हारेको थियो। जापानले भने ४ पटकको विश्वविजेता जर्मनीलाई हराएको थियो। कोस्टारिकाले जापानलाई हराएसँगै जर्मनीलाई राहत मिलेको छ। आजको खेलमा जापानले जितेको वा बराबरी गरेको अवस्थामा पनि जर्मनीको अर्को चरण जाने सम्भावना कठिन बन्थ्यो। तर कोस्टारिकाले जितेसँगै जर्मनीलाई केही राहत मिलेको छ। जर्मनीले आज राति १२ : ४५ बजे स्पेनको सामना गर्दैछ।