पाँच सय परिवारलाई कोरली गाई वितरण गर्ने लक्ष्य

दियो पोस्ट  

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर हन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच सय घरधुरी किसानलाई कोरली गाई दिने भएको छ ।

कोरिया सरकारले गत पुुसमा ८० वटा बाछी र २१ वटा बाछा दिएको थियो । कृषि मन्त्रालयले बाछालाई चितवन, लहान, पोखरालगायत बिर्य उत्पादन केन्द्रमा पठाइदिएको छ भने ८० वटा गाई किसानलाई वितरण गर्न सिन्धुलीको पाँच सय घरधुरी किसानलाई पु¥याउने लक्ष्य राखिएको हेफर इन्टरनेसनल नेपालले सञ्चालन गरेको मिल्की वे परियोजनाका निर्देशक नारायणप्रसाद शर्माले बताए । कोरिया सरकारले उपलब्ध गराएको बाछी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ४ र ५ का ५१ किसान परिवारलाई वितरण गरिसकेको छ । अहिले ती बाछी ठुला ठुला भइसकेको छन् ।

हेफर नेपाल र कमलामाई नगरपालिकाले–१० मा ९ जना किसानलाई राखेर विभिन्न समूह बनाएका छन् । पहिलो लटमा १०९ जनामध्ये ५१ जनाले सो बाछी ( गाई) पाएका छन् । ८० वटा गाई मध्ये ६ वटा लम्पी स्किनको रोगबाट मरेका छन् । बाँकी रहेको ७४ वटा गाईमध्ये ६९ गाईलाई गर्भधारण गराएका छन् । त्यसमध्ये ३७ वटा गाई गर्भवत्ती छन् । अरु बाँकीको गर्भ सुनिश्चित भएको छैन सायद एक दुई महिनाभित्र ६९ वटै गाईको गर्भ सुनिश्चित हुने हेफर नेपालले जनाएको छ ।

सिन्धुली आउनुभएका हेफर कोरियाका निर्देशक हे वन लीका अनुसार यी गाई उपहार स्वरुप नै आएका हुन् । कोरियाका किसान, विद्यार्थी अन्य व्यक्तिलेहरुले नेपाललाई कोरिया सरकारमार्फत नेपाललाई प्रदान गरेको हो ।

कोरिया सरकारले उपहार स्वरुप दिएको कारणले गर्दा यहाँका किसानले पनि कम से कम एउटा बाछी अर्को किसानलाई दिनुपर्ने प्रावधान रहेको हेफर कोरियाका निर्देशक लीले बताए ।

गाई प्राप्त गरेका किसानले आनुवंशिक स्रोतबाट पहिलो बाछीसँगै प्राप्त गरेको सिप र ज्ञानलाई अर्को किसानलाई हस्तान्तरण (हेफरको पासिङ अन द गिफ्ट बिजनेस मोडेल) गनैपर्ने प्रावधान रहेको उनले बताए ।

यसरी एक किसानलाई अर्को किसानलाई दिँदै गएपछि यो कोरली गाई देशभर फैलाउने योजना रहेको निर्देशक शर्माले बताए । पाँच वर्षभित्र पाँच सय घरपरिवारलाई पु¥याउने लक्ष्य रहेको छ ।

आजको गोरखापत्र पत्रिकामा खबर छ ।

सम्बन्धित खबर