
DES MOINES, IOWA - JANUARY 15: Former President Donald Trump speaks at his caucus night event at the Iowa Events Center on January 15, 2024 in Des Moines, Iowa. Iowans voted today in the state’s caucuses for the first contest in the 2024 Republican presidential nominating process. Trump has been projected winner of the Iowa caucus. (Photo by Chip Somodevilla/Getty Images)
काठमाडौं । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प दोस्रो पटक निर्वाचित भएका छन् ।
ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
ट्रम्प निर्वाचित भएसँगै उनले कहिले पदभार ग्रहण गर्छन् भन्ने पनि चासोको विषय हो ।
बीबीसीका अनुसार नवनिर्वाचि राष्ट्रपति ट्रम्पले २० जनावरी २०२५मा सोमबारका दिन सपथग्रहण गर्ने छन् ।
संयुक्त राज्य अमेरिकाको संसद् ‘यूएस क्यापिटल’ को परिसरमा आयोजना गरिने विशेष समारोहमा नवनिर्वाचित राष्ट्रपतिले शपथग्रहण गर्ने छन् । यसपालि अमेरिकाको इतिहासमा साठियौँ पटक त्यस्तो समारोह हुने छ।
उक्त समारोहमा नयाँ राष्ट्रपतिले देशको संविधानको रक्षा गर्ने वाचा गरेर राष्ट्रपतिका रूपमा पहिलो भाषण गर्ने छन् ।