काठमाडौं । चर्को मिडियाबाजी गरेर निःसन्तानमाथि ठगी धन्दा चलाउँदै आएको नक्साल नारायणचौरस्थित वात्सल्य आइभिएफ प्रालीले झूटो प्रचार गरिरहेको भेटिएको छ ।
वात्सल्य आइभिएफद्वारा संचालित आधिकारीक वेभसाइटमै विभिन्न झूटा तस्विर तथा विवरण राखेर सर्वसाधरणलाई भ्रम छरिएको पाइएको छ ।
प्रशान्त सुवेदीद्वारा संचालित वात्सल्यको आधिकारीक वेभसाइट वात्सल्य डटकम डट एनपीमा राखिएको अधिकांश तस्विर तथा विवरण झूटा छन् । इन भिट्रो फर्टिलाईजेशन सेन्टर अर्थात कृतिम गर्भाधान प्रक्रिया आफैमा सत प्रतिशत सन्तात प्राप्ती हुने प्रक्रिया होइन ।
बरिष्ठ आईभिएफ विशेषज्ञ डा. सानुमैयाँ श्रेष्ठका अनुसार विश्वका कुनै पनि देशमा आइभिएफ विधि मार्फत गर्भाधान भएका मध्ये ४०–४५ प्रतिशतभन्दा बढी लाइभ बर्थ रेट आउन सकेको छैन । तर, वात्सल्य जस्ता आइभिएफ सेन्टरहरुले भने सामाजिक संजालदेखि विभिन्न संचार माध्यम मार्फत शतप्रतिशत ज्ञारेन्टीका साथ सन्ता सुख दिने विज्ञापन दिइरहेका छन् । यो आफैमा झूट प्रचार हो । वात्सल्यको वेभसाइटमा अत्याधिक सन्तान सुख दिएको उल्लेख छ । तर, कति संख्या हो भन्ने डाटा छैन । ‘यस्ता विज्ञापनको पछि लागेर सन्तानको चाहना बोकेर कयौँ दम्पत्तीहरु आसै आसमा विभिन्न सेन्टरहरु भौँतारिरहेको देखिन्छ,’ श्रेष्ठले एक अनलाइनमा लेखेकी छिन्,‘यसरी आइभिएफ सेन्टर पुगेर लाखौँ खर्च गर्दा पनि सन्तान सुख प्राप्त हुन नसकेपछि कति त निराश भएर फर्किन बाध्य हुन्छन् ।
उनका अनुसार नेपालमा लाइभ बर्थ रेटको तथ्यांक राख्ने र आइभिएफलाई नियमन गर्ने सकारी संयन्त्र नै बनेको छैन । सोही कारण यस्ता सेन्टरहरुले आफूखुसी प्रचार गरिरहेका छन् । उनका अनुसार कतिपयले त गलत तथ्यांक प्रचार गरेर निःसन्तान दम्पत्तिलाई भ्रमित पारिरहेका छन् ।
वात्सल्यको आईभिएफले नाम नै नेचुरल अर्थात प्राकृतिक राखेको छ । तर, यो आफैमा प्राकृतिक गर्भाधान प्रक्रिया होइन । आईभिएफ भनेकै कृतिम गर्भाधान हो । वेभसाइट र फेसबुकभरी नायिका प्रियांका कार्की, उनका श्रीमान आयुषमान देशराज श्रेष्ठ र छोरी आयंका देशराज धार्कीको तस्विर छ । विज्ञापन मार्फत कार्की र देशराजकी छोरी टेष्ट्युब बेवी रहेको सन्देश दिन खोजिएको छ ।

‘विज्ञापनमा मार्फत यति सानी बालिकाको तस्विर राख्नु र उनलाई समेत भ्रमको खेतीका लागि प्रयोग गर्नु बाल अधिकारको समेत उलंघन हो,’ एक बाल अधिकारकर्मी भन्छन्,‘चाहे जहासुकै होस् बाल बालीकाको प्रयोग गर्न मिल्दैन । यो घटनामा उहाँको बाबु आमाले नै विज्ञापनको साधनको रुपमा आफ्नी छोरीलाई प्रयोग गरेपछि हामीले आलोचना गरिरहनु त्यति मनासिव नहुन सक्छ । तर, उनको छोरीले भोली ठूली भएपछि आमा बाबुमाथि प्रश्न भने पक्कै गर्नसक्छिन् ।’
भौतिक संरचना विदेशको प्रचार भने वात्सल्यको !
वात्सल्यको वेभसाइटमा अर्को झूट पनि छ । जसमा आफ्नो भौतिक संरचना भन्दै विभिन्न विदेशी अस्पतालको फोटो राखिएको छ । तस्विर नै चोरी गरेर आफ्नो हो भन्दै एउटा स्वास्थ्य संस्थाले किन यतिधेरै प्रचार प्रसार गर्नुपरेको होला । जवाफ स्पष्ट छ विदेशी भौतिक संरचना देखाएर विरामी आकर्षण गर्ने र मुर्गा बनाउने । वेभसाइटमा ‘आवर इन्फ्रास्ट्रक्चर’ १० वटा तस्विर राखिएको छ । तर, तस्विरमा देखिएका कुनै पनि संरचना वात्सल्यको होइन । शुरुमा देखिएको तस्विरमा चिकित्सकहरु अत्याधुनिक प्रविधिमा उपचार गरिरहेको देखाइएको छ । जबकी यो तस्विर वात्सल्यले आफ्नो भने चिकित्सक र अत्याधुनिक प्रविधिसहित भौतिक संरचना भने भारतस्थित भास्कर राजु अस्पतालको हो ।

वात्सल्यले त्यहाँ कार्यरत चिकित्सक र भौतिक संरचनालाई नेपालमा भने आफ्नो संरचना भएको झूटो प्रचार गरिरहेको छ । वात्सल्यले कल्चर २ भन्दै अर्को तस्विर पनि देखाएको छ । जसमा अत्याधुनिक भवन र प्रविधि देखिन्छ तर, यो पनि महाझूट हो ।

किनकी वात्सल्यले वेभसाइटमा आफ्नो भौतिक संरचना भनेर सार्वजनिक गरेको भवन अमेरिकाको पेन्टागन अस्पतालको आइसियु कक्ष हो । यसरी अधिकांश अन्य मुलुकका अस्पताल भित्रको संरचनाको तस्विर चोरी गरेर आफ्नो संरचना भन्दै वात्सल्यले दुनियाँलाई नै बेवकुफ बनाई रहेको छ ।

सत प्रतिशत सफल भएको फर्जी डाटा
वेभसाइटमा सामान्यतया तथ्यगत जानकारी राख्नुपर्ने हो । वात्सल्यको वेभसाइटमा प्रियंका कार्की, उनकी छोरी र श्रीमानको तस्विर देखाएर सर्वसाधरणलाई बेवकुफ बनाएको यो कम्पनिले सत प्रतिशत सफल भएको दाबी गरेको छ । एआरटी अर्थात एसिस्टेड रिप्रडक्टिभ टेक्नोलोजीको माध्यमबाट हुने शुक्राणु निषेचन गराइने सफलताको दर वेभसाइटमा राखिएको छैन । तर, सामाजिक संजालमा कतै विज्ञापन समेत नदेखिने जावलाखेलस्थित क्रियटर्स आइभिएफले भने जर्नल नै प्रकाशित गर्दो रहेछ ।
जसमा लाइभ बर्थरेट भने निकै कम अर्थात २९ प्रतिशत देखाएको छ । वात्सल्यले सर्वाधिक सफल लाइभ बर्थरेट भनेपनि यथार्थ डाटा सार्वजनिक गरेको छैन । झूटको खेती गरेर निसन्तानहरुको भावनामाथि ठगीधन्दा चलाइरहेको वात्सल्यबारे सरकार समेत मौन छ । नियामक निकाय स्वास्थ्य मन्त्रालयले थाहा पाएर पनि नपाएजस्तो गरिरहेको छ ।