काठमाडौँ । नेपाल टेलिकम भद्रकाली प्लाजास्थित केन्दिय कार्यालयमा सरसफाई मजदुर ‘आमा’माथि कार्यस्थलमै जबरजस्ती करणी प्रयासको घटना एक वर्षदेखि गुपचुप राखिएको खुलाशा भएको छ ।
टेलिकममा सरसफाइ मजदुर महिलामाथि कार्यालयकै कर्मचारी नानीकाजी थापा नाम गरेका कर्मचारीले सरसफाइ गर्ने क्रममा पटक पटक जबरजस्ति करणीको प्रयास गरेका थिए ।
‘कार्यालय भवनको तिन तल्लामा रहेका कोठामा सरसफाइ गर्ने क्रममा नानीकाजी थापाले मलाई समातेर जबरजस्ती करणी प्रयास गरेका थिए,’ ती महिलाले भिडियो बयानमा भनेकी छिन् ‘मैले प्रतिवाद गरेर भागेँ । नानीकाजी थापाले पटक पटक आफ्नो कोठामा सरसफाइको बाहानमा बोलाउने र कोठा बन्दगरी छोप्ने गरेको गरेका थिए ।’
ती आमाका अनुसार उनलाई चार पटकसम्म नानुकाजीले जबरजस्ती करणी प्रयास गरेक थिए । उनलाई बलात्कार र हिंसा गर्ने उद्देश्यले नै थापा कार्यालय समय १० बजे भए पनि हरेक विहान ७ बजे नै कार्यालय आउने गरेका थिए । घटनाका साक्षीलाई प्रहरी कार्यालयमा बयान जानबाट समेत टेलिकम नेतृत्वले रोक लगाएको खुलेको छ । टेलिकममा कार्यरत सिता खनाल र मनिल ओझाले साक्षी बस्ने दुई सरसफाई मजदुरलाई ढोका थुनेर जान नदिएको आरोप छ । प्रहरीमा साक्षीको बयान समेत नभएपछि मुद्दा कमजोर भएको र जिल्ला अदालतमा आफूलाई मुद्दाबारे कुनै थाहा समेत नदिएको पीडित आमाको भनाई छ । उनको भिडियो बयान यस्तो छ ।