
काठमाडौँ । अर्घाखाँचीस्थित पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार साँझ निगालीबाट दुर्गाफाँटतर्फ जाँदैगरेको ना३६प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक पाणिनी –४ निगालीका १८ वर्षीय गौतम विक र सोही मोटरसाइकलमा सवार २४ वर्षीय सागर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घटनामा सोही मोटरसाइकलको पछाडि बसेका २५ वर्षीय सन्तोष घर्ती घाइते भएका छन् । उनको गुल्मीस्थित खर्ज्याङ अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ ।
एउटै मोटरसाइकलमा तीन जना सवार रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।