काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै ठगी गरको आरोपमा एक महिला पक्राउ परेकी छन् । नुवाकोट तार्केश्वर गाउँपालिका(१ घर भई काठमाडौँमा बस्दै आएकी ३५ वर्षीया कुमारी तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
कुमारीले युके पठाइदिन्छु भन्दै २ जना पीडितबाट ६ लाख ७२ हजार २ सय रूपैयाँ लिई सम्पर्कबिहीन भएको बताइएको छ । पैसा लिएर सम्पर्कबिहिन भएको भन्दै पीडितले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनलाई काठमाडौं महानगरपालिका वडा नं. १२ बाट पक्राउ गरिएको प्रहरीले जानकारी दियो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीको भनाइए छ ।