कीर्तिपुरमा ‘एनपीएल’को भव्य उद्घाटन, फ्लडलाइटबीच सुरु भयो दोस्रो संस्करण

दियोपोस्ट संवाददाता  

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण भव्य रुपमा सुरु भएको छ। दर्शकको उत्साहजनक उपस्थितिका बीचमा प्रधानमन्त्री सुशीला कार्कीले प्रतियोगिताको उद्घाटन गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले हेलिकप्टरबाट पुष्पवृष्टि गराउँदै प्रतियोगिताको औपचारिक उद्घाटन गरेकी थिइन्। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौंको प्रतिनिधित्व गर्ने काठमान्डु गोर्खाज आमनेसामने रहेका छन्।

यो सिजन एनपीएल नेपाली क्रिकेटका लागि ऐतिहासिक बनेको बताईको छ । देशमै पहिलोपटक फ्लडलाइटको प्रकाशमा खेल खेलाइन लागिएको हुँदा यो प्रतियोगिता बिषेश रहेको खेलाडीहरु बताउँछन् ।

दोस्रो संस्करणका लागि १० हजार दर्शक क्षमताको नयाँ प्यारापिट निर्माण गरिएको छ भने मैदानमा ६ वटा आधुनिक फ्लडलाइट जडान गरी स्तरीय खेल वातावरण तयार गरिएको छ।

गत संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै उपाधि जितेको थियो। काठमान्डु गोर्खाज भने अघिल्लो पटक पाँचौ स्थानमा रहँदै लिग यात्रा समाप्त गरेका थिए।

नयाँ संरचना, ऐतिहासिक फ्लडलाइट र उत्साहपूर्ण भीडसँगै यसपटकको एनपीएलले नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको छ।

सिफारिस