तिलिचोमा रेस्लिङ्ग महाभिडन्त, युनिका र जुरेली बिजयी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । संसारको अग्लो स्थानमा रहेको तिलिचो तालमा आयोजित रेस्लिङ्ग महाभिडन्तमा रेस्लर भगवती खड्का (युनिका) र अस्मिता (जुरेली) बिजयी भएका छन् । उनीहरुले अमेरिकी खेलाडीलाई हराउँदै विजयी भएका हुन् ।

नेपाल महिला रेस्लिङ्ग फाउन्डेसनको आयोजनामा मनाङ्ग जिल्लाको मनाङ्ग ङिस्याङ्ग गाउँपालिमा रहेको संसारकै अग्लो स्थानमा रहेको तिलिचो तालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी हरुको उपस्थितिमा २ वटा रेस्लिङ्ग महाभिडन्त सम्पन्न भएको थियो ।

पहिलो खेलमा नेपालको तर्फबाट रेस्लर भगवती खड्का (युनिका), अस्मिता (जुरेली) र अमेरिकी खेलाडी बीच खेल भएको थियो । सो खेलमा नेपालको तर्फबाट भगवती खड्का (युनिका) र अस्मिता जुरेली बिजयी भएका थिए । गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सो महाभिडन्त गरिएको आयोजकले जनाएको छ ।

रेफ्रीको भुमिकामा सिन्धुपाल्चोक टाइगर उपनामले चिनिने कृष्ण मगरले गरेका थिए । दोश्रो खेलमा नेपाली खेलाडी सिन्धुपाल्चोक टाइगर कृष्ण मगर र लोकु सिङ्ग बिच खेल सम्पन्न भएको थियो यस खेलमा सिन्धुपाल्चोक टाइगर कृष्ण मगरले बिजयी भए ।

यस खेलमा औपचारिक रूपमा रेस्लिङ फाउन्डेसनको अध्यक्ष भगवती खड्का (युनिका) ले अध्यक्षता, मनाङ्ग ङिस्याङ्ग गाउँ पालिका अध्यक्ष कान्छा घलेको प्रमुख अतिथि र मनाङ्गका प्रमुख जिल्ला अधिकारी नबराज पौडेल विशेष अतित्थ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सिफारिस