काठमाडौँ । किर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाजले उत्कृष्ट जित हासिल गरेको छ । काठमाण्डुले चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै जीत हासिल गर्न सफ भएको हो ।
टस हारेर पहिले व्याटिङ गरेको काठमाण्डुले १९.४ ओभरमा १४२ रनमा समेटिएको थियो । १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमै ८९ रनमा सबै विकेट गुमाउँदै पराजित भयो ।
काठमाण्डुसाठी जोन सिम्प्सनले सर्वाधिक ६० रन बनाए भने मिलिन्द कुमारले ३८ रनको योगदान दिए । बलिङतर्फ चितवनका सोहेल तनभिरले चार विकेट लिए, त्यस्तै कमल सिंह ऐरी र रञ्जित कुमारले दुई–दुई विकेट हात पारे ।
जवाफमा चितवनका देव खनाल र रवि बोपाराले समान २१–२१ रन बनाए भने सोहेल तनभिरले १८ रन जोडे । बाँकी कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टोली दबाबमा परेको थियो ।
काठमाण्डुका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । राशिद खानले तीन विकेट लिए भने करण केसी, मिलिन्द कुमार र साहब आलमले समान दुई–दुई विकेट हात पारे । सन्तोष यादवले एक विकेट लिए ।
यस जितसँगै करण केसीको कप्तानीमा रहेको काठमाण्डु पाँच खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । तीन खेलमा जीत र दुई खेलमा हार व्यहारेको काठमाण्डु प्लेअफ सम्भावना मजबुत बनाउन सफल भएको छ ।
उता, कुशल मल्लको नेतृत्वमा रहेको चितवन तीन खेलबाट ४ अंकमा रोकिँदै चौथो स्थानमा झरेको छ । शुक्रबारको दोस्रो खेलमा कर्णाली र विराटनगर आमनेसामने हुँदैछन् ।