सुनसरीमा ब्राउन सुगरसहित दुई जना पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । सुनसरीमा लागूऔषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इनरुवा नगरपालिका-३ निवासी ३१ वर्षीय अमित अधिकारी र २४ वर्षीय रोहन पोदार रहेका छन् ।

उनीहरूलाई रामधुनी नगरपालिका-५, झुम्का बजारबाट १४ दशमलव ०७ ग्राम ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त स्थानमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकली, सुनसरीबाट संयुक्त प्रहरी टोली खटिएको थियो ।

सडक छेउमा प्रदेश १-०२-०५५ प ४१०६ नम्बरको मोटरसाइकलमा अढेस लागेर बसिरहेका उनीहरूलाई शंका लागेपछि प्रहरीले खानतलासी तथा चेकजाँच गरेको थियो । सो क्रममा उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने १४ ग्राम ७० मिलिग्राम पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूलाई उक्त पदार्थ र मोटरसाइकलसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय पकलीमा ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

×