पोखरामा पनि करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु

दियोपोस्ट संवाददाता

पोखरा । पोखराको आन्तरिक राजस्व कार्यालयले बिल लिने र दिने संस्कारको विकास गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत उपभोक्ता तथा बिक्रेतालाई उपहार प्रदान गरिने कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मंसिर १ देखि १५ गतेसम्मका विजेता उपभोक्ता तथा बिक्रेताको लोट्री मंसिर १६ गते पोखरा उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरिनेछ ।

कार्यक्रममा सहभागी हुन उपभोक्ताले १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्दा प्राप्त बिलमार्फत आवेदन दिन सक्नेछन् । यसका लागि आन्तरिक राजस्व विभागको वेबसाइटमा गई बिल नम्बर, बिक्रेताको स्थायी लेखा नम्बर ९प्यान० लगायत आवश्यक विवरण प्रविष्ट गर्नुपर्नेछ ।

विद्युतीय भुक्तानीमार्फत हुने कारोबार भने कम्प्युटर प्रणालीबाटै स्वतः उपहार कार्यक्रममा समावेश हुने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रमको पहिलो चरणमा १५ जना विजेता उपभोक्ताले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, एक जना भाग्यशाली विजेताले १० लाख रुपैयाँको बम्पर उपहार पाउनेछन् ।

बम्पर उपहारमा नियमानुसार २५ प्रतिशत कर कट्टा गरी विजेतालाई ७ लाख ५० हजार रुपैयाँ भुक्तानी गरिनेछ । अन्य पुरस्कारमा पनि कर कट्टा गरी जनही १ लाख रुपैयाँ प्रदान गरिने कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस

×