नियोसी बाई केवाइसी भ्यानले पायो युरोपेली सुरक्षासम्बन्धी मान्यता

दियोपोस्ट संवाददाता

काठमाडौँ ।  केवाइसी अटोद्वारा निर्मित विद्युतीय माइक्रोबस नियोसी (NEOSEA)ले व्यावसायिक सवारीसाधनको चालक तथा क्याबमा रहेका व्यक्तिको सुरक्षासम्बन्धी युरोपेली मापदण्ड UNECE Regulation No. 29, 94, 95 अन्तर्गत टाइप-अप्रुभल प्राप्त गरेको छ । यससँगै नियोसीले सवारीसाधनको संरचनात्मक सुरक्षा तथा चालक र क्याबमा रहेका व्यक्तिको सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको प्रमाणित भएको हो ।

नियोसीको सुरक्षा अनुमोदन नेदरल्यान्ड्सको सवारीसाधन नियमन तथा टाइप-अप्रुभल निकाय RDW बाट जारी गरिएको छ । सवारीसाधनले UNECE Regulation No.29, 94, 95 Series.03, Supplement 05 अन्तर्गत अनुमोदन प्राप्त गरेको हो । यसको अनुमोदन नम्बर E429R03/050264*00 रहेको छ ।

UNECE Regulation No.29, 94, 95 व्यावसायिक सवारीसाधनको क्याबमा रहेका व्यक्तिको सुरक्षा, विशेषगरी दुर्घटनाका क्रममा क्याबको संरचनात्मक मजबुती र सुरक्षित स्थान कायम रहने पक्षसँग सम्बन्धित मापदण्ड हो । उक्त मापदण्डअन्तर्गत सवारीसाधनको क्याब संरचना तथा सुरक्षासम्बन्धी प्राविधिक पक्षको परीक्षण र मूल्याङ्कन गरिन्छ ।

नियोसीको सुरक्षा अनुमोदनका लागि परीक्षण प्रक्रिया Hestocon UNECE Regulation No. 29, 94, 95 मार्फत सम्पन्न गरिएको प्रतिवेदनमा उल्लेख छ । परीक्षण प्रतिवेदनअनुसार सवारीसाधनले UNECE Regulation No. 29, 94, 95 अन्तर्गत लागू प्राविधिक आवश्यकताहरु पूरा गरेको छ । प्रतिवेदनमा फ्रन्ट इम्प्याक्ट परीक्षणसम्बन्धी आवश्यकताहरु तथा परीक्षणपछि चालक र क्याबमा रहेका व्यक्तिका लागि आवश्यक सुरक्षित स्थान कायम रहने पक्षलाई अनुमोदन प्राप्त अन्य परीक्षणको आधारमा मूल्याङ्कन गरिएको उल्लेख छ ।

यो उपलब्धिले नियोसीको सवारी संरचना, सुरक्षा अवधारणा र प्राविधिक विकासमा अन्तर्राष्ट्रिय नियामकीय मापदण्डलाई प्राथमिकता दिइएको पुष्टि गर्छ । विद्युतीय सवारीसाधनको बजार विस्तारसँगै सुरक्षा र गुणस्तर उपभोक्ताको प्रमुख चासो बनिरहेको अवस्थामा अन्तर्राष्ट्रिय टाइप-अप्रुभल प्राप्त गर्नु नियोसीका लागि महत्त्वपूर्ण उपलब्धि हो ।

नेपालमा नियोसी भ्यान बिएलसी होल्डिङ्सको एक युनिट एम्बर मोटर्स प्रालिले आयात तथा विक्रीवितरण गरिरहेको छ ।

११ सिट क्षमताको नियोसी आधुनिक विद्युतीय प्रविधि, यात्रुको सुविधा, वातावरणमैत्री सञ्चालन र सार्वजनिक यातायातको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर विकसित गरिएको माइक्रोबस हो । यात्रु ओसारपसारका लागि उपयुक्त क्षमता र विद्युतीय सञ्चालन प्रणालीको संयोजनले यसलाई सार्वजनिक यातायात तथा विभिन्न व्यावसायिक यातायात सेवाका लागि उपयोगी विकल्पका रूपमा प्रस्तुत गरेको छ ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार हुँदै गएको अवस्थामा सुरक्षित, गुणस्तरीय र विश्वसनीय सवारीसाधनको आवश्यकता पनि बढ्दै गएको छ । विशेषगरी सार्वजनिक यातायातमा यात्रुको सुरक्षा, सञ्चालन दक्षता र वातावरणीय प्रभावलाई ध्यानमा राखेर सवारीसाधन छनोट गर्ने प्रवृत्ति बढिरहेको छ । नियोसीले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्राप्त गर्दै यस दिशामा आफ्नो प्राविधिक विश्वसनीयता प्रस्तुत गरेको छ ।

युरोपेली सुरक्षा टाइप-अप्रुभल प्राप्त नियोसीले नेपालमा विद्युतीय सार्वजनिक यातायातको विकास, सुरक्षित यातायात प्रणालीको प्रवद्र्धन तथा विद्युतीय सवारीसाधनप्रतिको विश्वास अभिवृद्धिमा योगदान पुर्‍याउने अपेक्षा केवाइसी अटोले गरेको छ ।

अहिले केवाइसी र नियोसीको गरी नेपाली सडकमा ३ हजार ५०० भन्दा बढी भ्यान गुडिरहेका छन् । नियोसीले देशभर २१ स्थानबाट विक्री तथा बिक्रीपछिको सर्भिस सेन्टर स्थापना गरी सेवा दिइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस

×