आहा ! डाली डाली फूल फुल्यो

दियो पोस्ट  

काठमाडौं, कार्तिक १७ । तिहार अर्थात दिपावली भन्ने वित्तिकै झिलिमिलि चाडको रुपमा बुझिन्छ । तिहारमा झिलिमिलि बत्तिसँगै फूलको सुन्दर मालाहरुको उत्तिकै महत्व छ ।

सेलरोटी र देउसी भैलोसँगै फूलको पनि निक्कै महत्वपूर्ण भूमिका हुन्छ तिहारमा । तिहार नजिकिएसँगै अहिले फूलको माग पनि निक्कै बढेको छ । नेपालका जुनसुकै भुभागमा खेति गर्न सकिने भएपनि अहिलेसम्म भारत लगायत दोस्रो मुलुकबाट फूल आयात गर्नुपर्ने बाध्यता छ । अझै पनि नेपाल फूलमा आत्मनिर्भर हुन सकिरहेको छैन ।

भाईटीकाको लागि मात्रै हैन, लक्ष्मिपुजा गर्न र घरका ढोकाहरुमा सजाउन पनि फूल नै चाहिन्छ । त्यसका लागि बर्षेनी भारतबाट करोडौं रुपैयाँको फूल आयात गरिदै आईएको छ ।

यसवर्षको तिहारमा पनि आवश्यकताको झण्डै २० प्रतिशतभन्दा धेरै फूल आयात गरिने व्यवसायीहरुको प्रक्षेपण छ । अघिल्ला वर्षको तुलनामा यो धेरै कम हो । प्रतिशतको आधारमा भन्ने हो भने, नेपालमा पनि फूल खेती फष्टाउँदै गएको देखिन्छ ।

यो क्षेत्रमा पनि फूल व्यवसायीहरुको संख्या बढेको भान हुन्छ । तिहारमा मात्रै हैन, अन्य अवसरहरमा पनि फूलको आवश्यकता पर्छ । फूल खेतीको प्रवद्र्धनका लागि भन्दै फ्लोरिकल्चर एशोसियशन अफ नेपाल (फ्यान) ले वर्षेनी फूल मेला गर्दै आएको छ ।

एशोसियशनले गरेको पुष्प मेलामा विभिन्न पुष्प व्यवसायीहरुले आफूले उत्पादन गरेका फूलहरुलाई प्रदर्शनीमा राख्ने गरेका छन् । यो वर्षपनि ललितपुरको जावलाखेलमा मेला आयोजना गरियो । फूल मेलामा पुगेर दियोपोष्टकर्मी रमेश महर्जनले खिचेका केही तस्वीरः